२०८२ भाद्र २ गते सोमवार
ज्यो. मिन प्रसाद भट्टराई
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो)
पढ्ने विद्यार्थीहरुको लागि अति राम्रो छ । धन प्राप्तिको योग छ । शरिरमा आरोग्यता रहनेछ । मनमा उत्तेजना बढ्ने देखिन्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मनमा अशान्ति हुनेछ । आफन्त संग बिबाद हुनसक्छ । कमरमा पिडा हुने देखिन्छ । अप्रिय समाचार सुन्नुपर्ला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कार्यमा बाधा हुनेछ । मनमा अस्थिरता बढ्नेछ । यात्रा गर्दा सजकता अपनाउनुहोला । आजको दिनमा कुनै उल्लेख्य काम पनि हुने पनि सम्भावना छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आर्थिक अभाव खड्किनेछ । शरिरमा रोगको प्रकोप बढ्नेछ । व्यवसायमा अड्चन हुनेछ । शत्र बृद्धि हुनेछ । कानुनी बाधा आईलाग्ने योग छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
धन आम्दानी हुने योग छ । लामो यात्राको सम्भावना छ । परिवारमा मित्रता बढ्ने छ । मिठो बोलेर अरुलाई बसमा राख्ने कुशलता बढ्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
एक्कासी रोग लाग्ने योग छ । बिबाद बढ्न सक्छ । खाना नपच्ने हुनेछ । आर्थिक हानी हुने सम्भावना छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाईमा रुची बढ्ने योग छ । अरुद्धारा सम्मानित हुने सम्भावना छ । सामाजिक, धार्मिक कार्यमा रुची बढ्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
एक्कासी धन लाभ हुने योग छ । आफ्नो आत्मसम्मानमा ठोस पुग्न सक्छ । राजनिती गर्नेहरुको लागि राम्रो रहेको छ । ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफुलाई प्रिय लाग्ने कुरा सुन्ने योग छ । नयाँ बहान प्राप्तिको सम्भावना छ । अचानक धन प्राप्ति र भूमी लाभ हुने सम्भावना छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आखामा समस्या बढ्नेछ । अनावश्यक खर्चमा ईच्छा जाग्नेछ । अपव्यय र हानी हुने योग छ ।नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अनुहारमा चमक देखिनेछ । कतै भ्रमण गर्नमा रुची बढ्नेछ । आर्थिक लाभको कार्यमा मन बढ्नेछ । आफूलाई ठूलो हुँ भन्ने भावले सताउनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिबिध बस्तु संग्रहमा इच्छा जाग्नेछ । बैदेशिक रोजगारमा जानेहरुको लागि भाषा सिक्न शुभ दिन रहेको छ । धनको व्यय भने हुने देखिन्छ ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij