Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कामना सेवा विकास बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति?

कामना सेवा विकास बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति?


  • 2.2K
    Shares

    कामना सेवा विकास बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति?

    काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषण गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०–८१ को संचित मुनाफाबाट १२ प्रतिशत लाभांश दिने भएको हो ।

    बैंकको शुक्रवार वसेको संचालक समितिको यो वर्ष आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभाशं घोषणा गरेको छ । ७ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

    उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात सेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् ।

    यो संगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । बैंकले गत आवको चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वाधिक प्रतिसेयर वितरण योग्य नाफा भएको विकास बैंक समेत हो ।

    प्रकाशित मिति :भाद्र २८ २०८१ शुक्रवार - १६:२४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij