Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित


  • 9.1K
    Shares

    माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
    images

    काठमाडौँ । आज (आइतबार) बस्ने भनिएको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक स्थगित भएको छ । केही साथीहरु उपत्यका बाहिर भएकाले आज बस्ने भनिएको बैठक स्थगित भएको नेता मातृका यादवले जानकारी दिए ।

    ‘आज पनि बैठक बस्ने कुरा थियो, तर केही साथीहरू राजधानी बाहिर भएकाले आज बैठक नबस्ने सूचना आएको छ,’ नेता यादवले आइतबार बिहान भने, ‘अर्को बैठक बस्ने मिति तोकिएको छैन ।’

    बिहीबार बसेको स्थायी समिति बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एक/दुई दिनमै अर्को बैठक बसेर ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थिए ।

    प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी केन्द्र छ । त्यसका लागि कांग्रेस, जसपासहितका दलसँग अध्यक्ष प्रचण्ड सघन छलफलमा रहेको यादवले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - १०:४१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij