२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सानिमा बैंकले ग्राहकलाई श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ।
ग्राहकले बैंकको भिसा डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा ५०० को छुट प्राप्त गर्ने छन्। छुटका लागि ग्राहकले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नु पर्नेछ।
डिजिटल बैंकिङ माध्यम प्रयोग गरी डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न बैंकले विभिन्न छुट तथा अफर प्रदान गर्दै आएको जनाएको छ। बैंकले देशभर १३३ कार्यालय तथा १२४ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij