Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

आज अमेरिकी डलरको मूल्य १३३.८९ रुपैयाँ पुग्यो, अन्यको कति?

आज अमेरिकी डलरको मूल्य १३३.८९ रुपैयाँ पुग्यो, अन्यको कति?


  • 2.3K
    Shares

    आज अमेरिकी डलरको मूल्य १३३.८९ रुपैयाँ पुग्यो, अन्यको कति?
    images

    नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी र अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य यथावत छ। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि विदेशी मुद्राहरुको कारोबार हुँदैछ।

    राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। 

    आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। 

    आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३३ र बिक्रीदर ४४० रुपैयाँ २९ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ८० पैसा निर्धारण भएको छ।

    हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

    Screenshot_2024-09-01_050603_KlNJGEFL5H.png

    प्रकाशित मिति :भाद्र १६ २०८१ आइतवार - ०४:३४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij