२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई यस वर्षको मदन पुरस्कार प्रदान गरिएको छ ।
शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०८० सालको मदन पुरस्कार ‘मुकाम रणमैदान’लाई दिने निर्णय गरेको हो । प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० पुरस्कार दिने निर्णय बैठकले गरेको छ । दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ छ ।
उत्कृष्ट पाँचमा परेका कृतिमा मुकाम रणमैदानसहित भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, र रोशन थापा ‘नीरव’को ‘सन्त्रासका साठी दिन’ परेका थिए। दुवै पुस्कारको राशि चार–चार लाख रुपैयाँ तोकिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij