Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माछापुच्छ्रे बैंक र बिगमार्टबिच सम्झौता, बिग मार्टमा ग्राहकहरूलाई आकर्षक सुविधा

माछापुच्छ्रे बैंक र बिगमार्टबिच सम्झौता, बिग मार्टमा ग्राहकहरूलाई आकर्षक सुविधा


  • 2.3K
    Shares

    माछापुच्छ्रे बैंक र बिगमार्टबिच सम्झौता, बिग मार्टमा ग्राहकहरूलाई आकर्षक सुविधा

    काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रा.लि.(बिग मार्ट प्रा.लि.) बिच डिजिटल कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ । 

    सम्झौतापश्चात देशभरी रहेका बिग मार्टका आउटलेटहरूबाट माछापुच्छ्रे बैंकका ग्राहकहरूले बैंकले उपल्बध गराएका विीभन्न डिजिटल माध्यमहरू प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरू पाउनेछन् ।

    यसै बीच बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएसबाट बिगमार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २०० रूपैयाँ सम्मको क्यासब्याक प्रदान गर्ने छ । 

    माछापुच्छ्रे बैंकले देशभर रहेका ३०० भन्दा बढी विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा  ग्राहकहरूलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संध संस्थाहरू लाई व्यापार प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ । 

    साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन  तथा सेवाहरू सञ्चालन गरिरहेको छ । 

    माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ्ग सेवा, २०० एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रकाशित मिति :भाद्र १४ २०८१ शुक्रवार - ११:२५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij