Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कुमारी बैंक र र्‍याडिसन होटलबीच छुट सम्झौता

कुमारी बैंक र र्‍याडिसन होटलबीच छुट सम्झौता


  • 1.6K
    Shares

    कुमारी बैंक र र्‍याडिसन होटलबीच छुट सम्झौता

    काठमाडौं । कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटलबीच सम्झौता भएको छ ।

    कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरूलाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुविधाहरूमा आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको हो । 

    सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले र्‍याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

    त्यस्तै, पेस्ट्री सपमा १० प्रतिशत, फिटनेस सम्बन्धी सेवामा २० प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एयरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  

    यस सुविधाबाट बैंकका सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरू सहुलियतदारमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  

     

     

     

     

    प्रकाशित मिति :भाद्र १३ २०८१ बिहिवार - १४:१३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij