Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रूरू जलविद्युतको आईपीओ आजबाट खुल्यो, कति आवेदन दिने ?

रूरू जलविद्युतको आईपीओ आजबाट खुल्यो, कति आवेदन दिने ?


  • 10.7K
    Shares

    रूरू जलविद्युतको आईपीओ आजबाट खुल्यो,  कति आवेदन दिने ?

    काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले आजबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

    कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २० रूपैयाँ प्रिमियम थपेर १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

    जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ । 

    यसअघि पहिलो चरणमा कम्पनीले फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरमा ४ करोड ७ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको कुल ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

    उक्त आईपीओमा लगानीकर्ताले छिटोमा चैत्र २४ गतेसम्म र ढिलोमा वैशाख ३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । 

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १०:२५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij