Logo

२०८२ कार्तिक ८ गते शनिवार

२०८२ कार्तिक ८ गते शनिवार

तीज चर्चा

विष्णु माझीको तीज गीत ट्रेन्डिङमा पर्नै मुस्किल, नम्बर वानमा प्रिती आलेको ‘दुनियाँलाई’ (भिडिओसहित)

विष्णु माझीको तीज गीत ट्रेन्डिङमा पर्नै मुस्किल, नम्बर वानमा प्रिती आलेको ‘दुनियाँलाई’ (भिडिओसहित)


  • 18.2K
    Shares

    विष्णु माझीको तीज गीत ट्रेन्डिङमा पर्नै मुस्किल, नम्बर वानमा प्रिती आलेको ‘दुनियाँलाई’ (भिडिओसहित)
    images

    काठमाडौं । भर्खरै सपना म्युजिक इन्डष्ट्रिज युट्युबमार्फत सार्वजनिक गरिएको विष्णु माझीको तीज गीन अझैँ ट्रेन्डिङमा परेको छैन । सार्वजनिक भएको तीन दिन बित्दा पनि माझीको ‘आइनँ आमा यो तीजमा’ ट्रेन्डिङ टेन (१०) मा पनि परेको छैन । 

    शनिबार सपना म्युजिक इन्डष्ट्रिज युट्युबमार्फत सार्वजनिक गरिएको पुतलीको भट्टी–२० ‘आइनँ आमा यो तीजमा’ तीज गीत यो समाचार तयार पार्दासम्म २९ लाखभन्दा बढीले हेरिसकेका छन् । तर, हालसम्म युट्युबको म्युजिक ट्रेन्ड्रिङ लिष्टको टेनमा पनि उक्लिएको छैन । 

    ‘आइनँ आमा यो तीजमा’ गीत विष्णु माझीले स्वर भरेकी छन् भने सुन्दरमणि अधिकारीले शब्द तथा संगीत सिर्जना गरेका हुन् । यो गीतको भिडिओमा ललित पौडेल लगायतका थुप्रै कलाकारले अभिनय एवं नृत्य गरेकी छन् ।

    युट्युब म्युजिकको ट्रेन्डिङ लिष्टको नम्बर वान (१) मा भने प्रिती आलेको तीज गीत ‘दुनियाँलाई’ परेको छ । प्रिती आले स्वयंले आफ्नै युट्युब च्यानलमार्फत दुई हप्ता पहिले यो गीत सार्वजनिक गरेकी हुन् । 

    यो गीतको शब्द–संगीत आले स्वयंले सिर्जना गरेकी छन् भने उनी आफैले स्वर पनि भरेकी छन् । यो गीतमा अभियन एवं नृत्य सम्झना बुढाथोकी र प्रिती आले लगायतका धेरै कलाकारले गरेका छन् । यो समाचार तयार पार्दासम्म ‘दुनियाँलाई’ २१ लाखभन्दा बढीले हेरिसकेका छन् । 

    प्रकाशित मिति :भाद्र १० २०८१ सोमवार - १०:५५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij