Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

डेढ करोड नगद बरामदपछि सुन तस्करीको रहस्य यसरी खुल्यो

डेढ करोड नगद बरामदपछि सुन तस्करीको रहस्य यसरी खुल्यो


  • 5.7K
    Shares

    डेढ करोड नगद बरामदपछि सुन तस्करीको रहस्य यसरी खुल्यो
    images

    गत पुस २० गते कपिलवस्तु बाँडगंगाका संगम चौधरी प्रदेश३–०१–०२३च २२५९ नम्बरको हुन्डाई कारमा काठमाडौं हुइँकिएका थिए।

    कारमा १ करोड ४७ लाख ८६ हजार नगद थियो। तर काठमाडौं छिर्नै लाग्दा नागढुंगा चेकप्वाइन्टमा प्रहरीको फन्दामा परे। उनले ल्याएको नगद स्रोत नखुलेपछि बरामद भयो। त्यसपछि चालक चौधरीसँगै भारत गोरखपुरका अमित कुमार गुप्तालाई पनि प्रहरीले नियन्त्रणमा लियो।

    उनीहरुले झण्डै डेढ करोड रकममध्ये १ करोड ४७ लाख कारको डिक्कीमा स्पेयर टायरमुनि तीनवटा झोलामा लुकाएका थिए। बाँकी ८६ हजार गुप्ताकै खल्तीमा भेटिएको थियो। भारतबाट ल्याएको भारु सीमा क्षेत्रमा पटक पटक सटही गरी नेपाली रुपैयाँ बोकेर काठमाडौं छिर्नलाग्दा पक्राउ परेका दुवैलाई प्रहरीले सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो।

    सोही क्रममा उनीहरु सुन तस्कर भएको खुलासा विभागले गरेको छ। सो रकम उनीहरुले कपिलवस्तुकै कृष्णनगरका सचिन टेबडेवाल भन्ने सचिन कुमार अग्रवालबाट पाएको थाहा भएको छ।

    उनीहरुले त्यो रकम नुर मोहम्मद भन्ने नुरुद्दिन अन्सारीलाई दिएर सुन लिने मिसनका साथ काठमाडौं आएको विभागको अनुसन्धानबाट खुलेको छ। यसअघि पनि यसरी नगद ल्याएर यहाँबाट सुन तस्करी गर्ने गरेको विभागलाई उनीहरुले बयान दिएका छन्।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १९:५८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij