२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७९ पुगेको छ ।
यसका साथै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ भने संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ७२ हजार ८ सय ५१ छ । यसैगरी नेपालमा हालसम्म ३ हजार ३१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij