२०८२ भाद्र २५ गते बुधवार
डडेल्धुरा । जिल्लामा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।
अजयमेरु गाउँपालिका–१ समैजी महर गाउँकी २३ वर्षीय युवती धना बोहराको ज्यान गएको होरुखमा घाँस काटदै गर्दा रुखमा छोएको विद्युतको तारबाट करेन्ट लागेर युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुखमा छोएको तार नेपाल विद्युत प्राधिकरणले व्यवस्थापन नगर्दा दुर्घटना भएको युवतीका आफन्तको भनाइ छ । बिहिबार दिउँसो पौने १ बजेको घटना घटेको मृतकका दाजु बीरबहादुर बोहराले बताउनुभयो ।
तारको उचित व्यवस्थापनका लागि विद्युत वितरण केन्द्र डडेल्धुरालाई बारम्बार खबर गर्दा समेत कुनै सुनुवाइ नै नभएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij