Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

दलीय प्रणाली नै अन्त्य हुने गरि अदालतले नत्थी लगाईदिएको ठहर गर्दै माओवादी भयो रिसले चुर 

दलीय प्रणाली नै अन्त्य हुने गरि अदालतले नत्थी लगाईदिएको ठहर गर्दै माओवादी भयो रिसले चुर 


  • 7.5K
    Shares

    दलीय प्रणाली नै अन्त्य हुने गरि अदालतले नत्थी लगाईदिएको ठहर गर्दै माओवादी भयो रिसले चुर 
    images

    काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता देव गुरुङले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन अनुमति नदिने निर्णयले मुलुकमा दलीय प्रणाली नै अन्त्य हुने अवस्थाको सृजना हुने खतरा बढाएको बताएका छन्। 

    पुनरावलोकन अनुमति नदिने सर्वोच्चको आदेशबारे आयोमेलले राखेको जिज्ञासामा गुरुङले भने, 'सर्वोच्चको फागुन २३ को निर्णयले नै संविधानले दिएको राजनीतिक दलसम्बन्धी अधिकारमा प्रहार भएको थियो। त्यो अधिकार खोसिएको थियो। त्यसैले हामी पुनरावलोकनमा गएका थियौं, तर अनुमति नहुने आदेश भयो। यसले त भविष्यमा मुलुकमा दलीय प्रणाली नै अन्त्य हुने अवस्था आउने डर भयो ।' 

    सर्वोच्चको यो आदेशले गलत नजिर बसाएको भन्दै भविष्यमा अन्य दलहरुसमेत यसको शिकार बन्न सक्ने उनको तर्क छ। 'यसले त्रासै-त्रास पो निम्त्याउने देखियो, दलसम्बन्धी अधिकार दललाई नै हुने भन्दै उनले भने, 'सर्वोच्चको यो आदेशले संविधानले दिएको अधिकारनै दलहरुले उपभोग गर्न नपाउने देखियो । यसले त दलीय प्रणाली समाप्त हुने देखियो,’ गुरुङले भने ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १६:२०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij