२०८२ भाद्र १८ गते बुधवार
मदन कुमार जोशी
काठमाडौं । गोरखा ताकुकोट सेवा समाजले काठमाडौंमा गाईजात्रा कार्यक्रम गरेको छ ।
पुख्र्यौली घर बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोट भई हाल काठमाण्डौमा बसोबास गर्नेहरूले आफ्नो संस्कार–संस्कृति जोगाउन काठमाडौंमा गाईजात्रा कार्यक्रम गरेको हो ।
काठमाडौंबाट पुख्र्यौली घर गोरखा पुगेर गाईजात्रा मनाउन नपाएकाहरूलाई रमाइलो गराउन यसवर्ष पनि गाईजात्रा निकालिएको थियो । उक्त सेवा समाजले बर्सेनि गाईजात्रा मनाउँदै आएको छ ।
गाईजात्रा वनस्थली अक्सफोर्ड ड्राइभिङबाट दिनको १ बजे सुरू भई वनस्थली चोक, खरिबोट, बन्छिध्रुबे फुटसल, तेफान चोक, राधाकृष्ण मन्दिर, नर्सरी चोक, ढुंगेधारा हुँदै बेलुकी ५ वजे सोही स्थानमा पुगेर समापन गरिएको थियो ।
गोरखा ताकुकोट सेवा समाज काठमाडौंले अनुप श्रेष्ठको संयोजकत्वमा गाईजात्रा कार्यक्रम गरेको छ । काठमाडौंमा बसोवास गर्ने गोरखा ताकुकोटका नेवार समुदाय र गोरखा ताकुकोट सेवा समाज काठमाडौंको संयुक्त आयोजनामा भदौ ४ गने गाईजात्रा निकालेको थियो ।
सेवा समाजले विगत ६ वर्षदेखि गाईजात्रा निरन्तर निकालेको छ । समाजले आफ्नोे गाउँ ठाउँमा मनाउने गरिएको परम्परागत संस्कृतिलाई संरक्षण गर्न गाईजात्रा निकाल्ने गरेको जात्राका संयोजक अनुप श्रेष्ठले बताए ।
आफन्तको दिवंगत भएकाहरूको सम्झनामा फलफुल खुवाउने, ढलकी झुर्मा बजाई चिरेदार, भोटे, घोडा, गाइनानी, थकाली, टाकटुके नाच्ने प्रचलन रहेको संस्थाका महासचिव राजनबाबु श्रेष्ठले वताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij