Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

फेरि पाँच सय नेपाली कामदारलाई इजराइल पठाउन भयो सहमति

फेरि पाँच सय नेपाली कामदारलाई इजराइल पठाउन भयो सहमति


  • 7.6K
    Shares

    फेरि पाँच सय नेपाली कामदारलाई इजराइल पठाउन भयो सहमति
    images

    काठमाडौं । इजराइलमा पाँच सय नेपाली कामदार पठाउने औपचारिक सहमति भएको केही समयपछि फेरि थप पाँच सय नेपाली कामदार पठाउने विषयमा सहमति भएको छ ।

    इजराइलका लागि नेपाली राजदूत अञ्जान शाक्यले थप पाँच सय नेपाली कामदार इजराइल पठाउने विषयमा इजराइलसँग पहल गरेकी हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद बैठकले इजराइलमा थप पाँच सय कामदार पठाउने विषयमा स्वीकृति दिने छ ।

    यस अघि नेपाल र इजरायल सरकारबीच पाँच सय नेपाली श्रमिक सरकारी संयन्त्र (जीटूजी)मार्फत रोजगारीमा पठाउने गरी श्रम सम्झौता भएको थियो ।

    गत माघमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि इजरायली राजदूत हनान गोडेर र बैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । तर सो मागको आवेदन भने खुलाउन बाँकी रहेको छ ।

    इजरायलको नर्सिङ क्षेत्र  (अस्पताल, नसिंग होम, डे केयर सेन्टरहरु) मा नेपालबाट सहायक कामदारहरु पठाउने सम्बन्धि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएको थियो । प्रोटोकलअनुसार इजरायलमा महिला र पुरुष गरी पाँच सय नेपाली कामदार जाने भनिएको थियो ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १४:००:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij