Logo

२०८२ पौष १६ गते बुधवार

२०८२ पौष १६ गते बुधवार

आर्थिक तथा वित्तीय स्थिति

अध्ययनका लागि विदेश जाँदा नेपालबाट बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ

अध्ययनका लागि विदेश जाँदा नेपालबाट बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ


  • 1.9K
    Shares

    • images
    अध्ययनका लागि विदेश जाँदा नेपालबाट बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ
    images

    काठमाडौं । नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न विदेश जाँदा १ खर्ब २५ अर्ब रुपैयाँ खर्च भएको छ। 

    वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ४३ करोड पुगेकोमा शिक्षातर्फको व्यय १ खर्ब २५ अर्ब १३ करोड बाहिरिएको हो।

    आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रहेको थियो। अघिल्लो वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोडले घाटामा रहेको छ।

    असारसम्म सेवा खाताअन्तर्गत भ्रमण आय ३२।१ प्रतिशतले वृद्धि भई ८२ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ६२ अर्ब ३० करोड रहेको थियो।

    प्रकाशित मिति :भाद्र २ २०८१ आइतवार - १३:५०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij