Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

खुकुरी देखाएर आईएमई लुटपाट गर्ने चार जना प्रहरीको नियन्त्रणमा

खुकुरी देखाएर आईएमई लुटपाट गर्ने चार जना प्रहरीको नियन्त्रणमा


  • 6.5K
    Shares

    खुकुरी देखाएर आईएमई लुटपाट गर्ने चार जना प्रहरीको नियन्त्रणमा
    images

    काठमाडौं । काठमाडौंमा दिउँसै रेमिट्यान्स कम्पनीमा लुटपाट भएको छ । बुधबार दिउँसो खुकुरी देखाएर न्युरोडको खिचापोखरीमा रहेको आईएमईमा लुटपाट भएको काठमाडौं प्रहरीले जनाएको छ ।

    लुटपाटमा संलग्न ४ जना पक्राउ परिसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए । उनका अनुसार पक्राउ पर्नेमा दाङका २१ वर्षीय तिलक राउत, १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोटका १८ वर्षीय उमेश केसी र ललितपुरका नवीन केसी रहेका छन् ।

    उनीहरुले ६ लाख रुपैयाँ लुटेका सञ्चालक हेम मल्ल र गोरख चन्दको दाबी छ । बुधबार दिउँसो साढे ३ बजे लुटपाट भएको र त्यसको केही घण्टामै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको एसएसपी सिंहले बताए ।

    उनीहरुको साथबाट ५९ हजार ७ सय रुपैयाँ फेला परेको र केही रकम खर्च गरिसकेको प्रहरीलाई बताएका छन् । तिलकले २५ हजारको किनमेल गरेको र ७५ हजार रुपैयाँ लागुऔषध किन्नका लागि एक महिलालाई दिएको खुलेको छ ।

    यस्तै उनीहरुसँग लागुऔषध खान पुगेका मिलन ढकाल, प्रशन्न मल्ल ठकुरी र सफल आचार्य पनि बानेश्वरस्थित दक्षिणकाली होस्टलबाट पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १२:५३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij