२०८२ भाद्र २५ गते बुधवार
डडेल्धुरा । डडेल्धुरामा माटोको ढिस्को खस्दा पुरिएर एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।
अमरगढी नगरपालिका–८, उग्रतारा जंगलनजिकै घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा सोही नगरपालिका–७, तिलाडी बस्ने ४५ वर्षीया नारुदेवी ऐरको हिजो घटनास्थलमै मृत्यु भएको छ ।
मोटोको ढिस्को खसेर सोही ठाउँ बस्ने ३० वर्षीया शारदा ऐर, २० वर्षीया कल्पना विक र अजयमेरू गाउँपालिका–१, कोटेली बस्ने टेक दमाईका १३ वर्षीया छोरी सरिता दमाईं घाइते भएका छन् ।
घाइते तीनमध्ये दुईजनाको डडेल्धुरा अस्पताल हुँदै थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको तथा एकजनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij