२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारबाट समर्थन फिर्ता लिन परिपक्व स्थिति बनिनसकेको बताएका छन् ।
आज बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले राजनीतिक रूपमा सरकारलाई आफूहरूको समर्थन नरहेको बताउँदै समर्थन फिर्ताका लागि कागजको खोस्टा बुझाउनमात्र बाँकी रहेको उल्लेख गरे ।
‘सरकारलाई हाम्रो नैतिक समर्थन छैन। सर्वोच्चले नेकपालाई विभाजित गरेयता हामीले समर्थन फिर्ता लिइसकेका हौं,’ उनले भने,‘अब प्राविधिक रूपमा समर्थन फिर्ताको कागज बुझाउनमात्र बाँकी छ ।’
केपी ओलीलाई विस्थापित गरेर संसदलाई क्रियाशील बनाउनतर्फ आफूहरू केन्द्रित रहेको र यसका लागि अन्य दलहरूसँग छलफल भइरहेको उनले बताए । नयाँ सरकार गठनबारे कांग्रेस र जसपाको प्रष्ट धारणा आफूहरू कुरेर बसिरहेको श्रेष्ठले बताए ।
‘उहाँहरूले केपी ओलीलाई समर्थन गर्ने हो भने गर्दा हुन्छ, तर प्रष्ट धारणा आउनु पर्यो,’ उनले भने, ‘हामीले सबै दलसँग आधिकारिक धारणा माग गरेका छौं ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij