Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रभु बैंक र बुद्ध एयरबिच सम्झौता, ग्राहकले ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने

प्रभु बैंक र बुद्ध एयरबिच सम्झौता, ग्राहकले ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने


  • 2.2K
    Shares

    प्रभु बैंक र बुद्ध एयरबिच सम्झौता, ग्राहकले ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने

    काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई बुद्ध एयरको सेवामा छुट दिने सम्झौता भएको छ । 

    सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । 

    एक समारोहका बिच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धव लाल कायस्थले हस्ताक्षर गरे । 

    बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको बैंकले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण ३१ २०८१ बिहिवार - १६:४९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij