Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन, पाँच जना पक्राउ

फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन, पाँच जना पक्राउ


  • 5.3K
    Shares

    फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन,  पाँच जना पक्राउ
    images

    काठमाडौं । फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले पाँच जनालाई पक्राउ गरेको छ।

    काठमाडौंको माकलबारीका फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्ने र किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई युवती र तीन पुरुषलाई पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।

    पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका ७ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर माकलबारी बस्ने २४ वर्षीय श्यामकुमार भट्टराई, सिन्धुली घर भइ माकलबारीमै डेरा गरी बस्ने १८ वर्षीया मसेली भनिने सुहाना तामाङ, काठमाडौंको गोकर्णेश्वर ५ जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोटको सूर्यगढी गाउँपालिका ४ घर भइ हाल माकलबारी बस्ने ३१ वर्षीया मुना थापामगर र काठमाडौंको कागेश्वर मनहरा नगरपालिका १ गागलफेदी बस्ने ४७ वर्षीय कुमार सुनार छन् । सुनार किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार उनीहरुले माकलबारीमा यौन व्यवसाय सञ्चालनका लागि व्यवस्थित खालको फ्ल्याट भाडामा लिएको पाएको छ । पक्राउ परेकी १८ वर्षीया सुहाना तामाङले १६ वर्षीया किशोरीलाई कपडा पसलमा जागिर लगाइदिन्छु भनेर फकाएर गाउँबाट ल्याएपछि फ्ल्याटमा राखेर यौन व्यवसायमा लगाएपछि घटना सार्वजनिक भएको हो ।

    ‘फ्ल्याटमा युवतीहरुलाई सामूहिक रुपमा खान, बस्न र सुत्न मिल्नेगरी व्यवस्थापन गरिएको रहेछ,’ डिएसपी गिरीले भने, ‘त्यो फ्ल्याटमा यौन व्यवसाय सञ्चालन हुँदो रहेछ । त्यहाँबाट विभिन्न होटलमासमेत पुर्याएर किशोरी र युवतीहरुलाई ग्राहकसँग यौन सम्पर्क गर्न बाध्य पारिएको पाइयो ।’ प्रहरीले फ्ल्याटबाट कण्डमसहितका सामान पनि बरामद गरिएको जनाएको छ ।

    उक्त फ्ल्याट राजकुमार सुनारले चैत १४ गते १६ वर्षीया किशोरीलाई जबर्जस्ती कसरी गरेपछि किशोरी भागेर घर गएपछि फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन भएको घटना सार्वजनिक भएको हो । पक्राउ परेकाहरुलाई अदालतबाट सात दिनको म्याद थप गरेर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - ११:२५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij