२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढ्न सक्ने भन्दै सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कुनै पनि जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्न आग्रह गरेको छ ।
साथै जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन मन्त्रालयले निर्देशन दिएको छ । काठमाडौं प्रवेश गर्नेहरुको आकस्मिक परीक्षण गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी सबै सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्न र सरकारी प्रयोगशालामा जनशक्ति आवश्यकता भएमा जनशक्तिका लागि थप रकम माग गर्न सक्ने मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij