Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

महोत्तरीबाट हराएका ७ जनालाई ‘गायिका बनाईदिन्छु’ भनेर बम्बई लैजान खोजेको खुलासा

महोत्तरीबाट हराएका ७ जनालाई ‘गायिका बनाईदिन्छु’ भनेर बम्बई लैजान खोजेको खुलासा


  • 7.7K
    Shares

    महोत्तरीबाट हराएका ७ जनालाई ‘गायिका बनाईदिन्छु’ भनेर बम्बई लैजान खोजेको खुलासा
    images

    काठमाडौं । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले महोत्तरीबाट हराएका ७ जनालाई भारतबाट नेपाल ल्याएको छ । 

    बुधवार राति शसस्त्र प्रहरीका इन्सपेक्टर बिर्खबहादुर शाही नेतृत्वको टोलीले भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर नेपाल ल्याएको हो । किशोरीहरुलाई नेपाल ल्याउन नेपाल प्रहरीका प्रनानी (सई) नेतृत्वको टोली पनि नेपाल–भारत सीमाको भिट्टामोड पुगेको थियो । 

    बिहारको सितामढीस्थित रेल्वे स्टेशनमा भारतीय प्रहरीले किशोरीलाई फेला पारेर सशस्त्र प्रहरीलाई खबर गरेको थियो । 

    भारतीय प्रहरीसँग उनीहरुले ‘गायिक बन्न’ भारत गएको बताएका छन् । भारतीय गैरसरकारी संस्था चाइल्ड लाईनले उनीहरुलाई बुधवार दिनभर काउन्सेलिङ गरेको थियो ।

    शुरुमा ‘गायिक बन्न’ भारत गएको बताएका उनीहरु पछि बोल्न छाडेको सशस्त्र प्रहरी नम्बर–२ छिन्नमस्ता बाहिनीका डिआईजी चन्द्र प्रकाश गौतमले बताए । 

    भंगाहा नगरपालिका वडा नम्बर–८ धर्मपुरा घर भएका किशोरीहरुलाई अपरिचित महिलाले ललाई–फकाई सितामढी पुर्‍याएका थिए । चउरमा घाँस काट्न जाँदा ति महिलाले ‘गायिका बनाईदिन्छु’ भनेर बम्बई लैजान खोजेको बताइएको छ ।

    घाँस काट्न भनेर घरबाट निस्केका उनीहरुलाई कसले र किन त्यहाँ पुर्‍यायो भन्नेबारे महोत्तरी प्रहरीले अनुसन्धान गरिरहेको छ । भारतसम्म किन लगीयो भन्नेबारे अनुसन्धान भइरहेको प्रदेश–२ का डिआईजी धिरज प्रताप सिंहले बताएका छन् । 

    मंगलबार दिएँसो घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हराएका थिए । 

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १०:१७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij