२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष उल्लेख्य प्रगति गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ।
आर्थिक बर्ष २०८०/८१ मा नेपाल लाइफले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ करोड अर्थात करिब ३१ प्रतिशतले बढाएर ५१ करोड ३९ लाख खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा ३९ करोड २९ लाख खुद मुनाफा गरेको थियो।
असार मसान्तसम्ममा कम्पनीले ४० अर्ब ८४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ अर्ब १६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९.९२ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले यस अवधिमा ४० अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ अर्ब ५१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.८६ प्रतिशतले वृद्धि भएको हो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६.२६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२९.११ रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij