Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

पछिल्लो २४ घण्टामा थपिए १६२ जना कोरोना संक्रमित, ५९ संक्रमणमुक्त 

पछिल्लो २४ घण्टामा थपिए १६२ जना कोरोना संक्रमित, ५९ संक्रमणमुक्त 


  • 5.1K
    Shares

    पछिल्लो  २४ घण्टामा थपिए १६२ जना कोरोना संक्रमित, ५९ संक्रमणमुक्त 
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का १६२ संक्रमित थपिएका छन् । तीन हजार ९१९ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १६२ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।

    नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३० जनाले ज्यान गुमाइसकेका छन् ।

    हाल क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा ४९३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १६:४४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij