२०८२ भाद्र २५ गते बुधवार
बालयौन दुराचारको आरोपमा पोखराबाट एक अमेरिकी नागरिक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१८ सेदीस्थित बिष्णु होमस्टेबाट क्यालिफोरनिया अमेरिका माइकल नोरम्यान टेलोर मंगलबार पक्राउ परेका हुन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन दुराचार गरेको भन्ने पीडित बालक एवं अभिभावकहरुबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी प्राप्त भएपछि तीब्र खोजीको सूचीमा रहेका उनी पक्राउ परेका हुन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको पाईएको छ । अमेरिकामा रहँदैदेखि बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक संजाल मार्फत सम्पर्क गर्ने गरेको समेत खुलेको छ ।
सन् २०२१ मार्च २१ मा नेपाल आएर बालयौन दुराचारको मनसाय राखी उनी पोखरा गएको खुलेको ब्यूरोले जनाएको छ । उनको साथबाट ब्यूरोले ४ हजार ६ सय अमेरीकी डलर, १ थान ल्यापटप, २ थान मोबाइल, १ थान आइप्याड, १ थान पेनड्राईभ, र १ थान अमेरिकन राहदानी बरामद गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउनको लागि जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा बुझाईएको ब्यूरोले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij