२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सडकमा ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर लगनखेल बस्ने काभ्रे पाँचखाल नगरपालिका-९ घर भएका ३० वर्षीय रिकेश पहरी लगायत ३ जनालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै झगडा गरिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट ड्यूटीमा खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी कर्मचारीलाई एक्कासी हातपात गरेपश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij