Logo

२०८२ पौष १६ गते बुधवार

२०८२ पौष १६ गते बुधवार

इन्द्रेणी मसरुम फर्मले आइपीओ निष्कासन गर्ने

इन्द्रेणी मसरुम फर्मले आइपीओ निष्कासन गर्ने


  • 1.8K
    Shares

    • images
    इन्द्रेणी मसरुम फर्मले आइपीओ निष्कासन गर्ने
    images

    काठमाडौं । इन्द्रेणी मसरुम फर्मले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । मकवानपुरमा थाहा नगरपालिका–९ चित्लाङमा रहेको सो फर्मले आईपीओ ल्याउन लागेको हो । 

    हाल कम्पनीले १४ करोड लगानीमा चित्लाङको १९ रोपनी जग्गामा ११ ओटा अत्याधुनिक उत्पादन कक्ष निर्माण गरी प्रत्येक दिन ६०० केजी गोब्रे च्याउ उत्पादन गर्दै आइरहेको छ ।

    निकट भविष्यमा यस कम्पनीले सेयर निष्काशन गरी सो बाट प्राप्त हुने रकमबाट मकवानपुर जिल्लाको हेटौंडाबाट पनि व्यावसायिक रुपमा विभिन्न प्रजातिको च्याउ उत्पादन सुरु गर्ने कम्पनीको भनाइ छ । 

    साथै कोल्ड स्टोरको निर्माण गर्ने, प्रयोगशाला निर्माण गर्ने, च्याउ उत्पादन निमित्त मल बिउ र सामाग्री बिक्री केन्द्र खोली बिक्री गर्ने, च्याउको सुकुटी, गुन्द्रुक, अचार तथा सुप उत्पादन गर्ने लक्ष्य पनि कम्पनीले लिएको छ । 

    चित्लाङ र हेटौडाबाट उत्पादन शुरू भए पश्चात् दैनिक २,५०० केजीमाथि च्याउ उत्पादन गर्ने योजना रहेको र यसले उत्पादनको लागतमा समेत कमी हुन आउने कम्पनीको भनाइ छ ।

    कृषि क्षेत्रमा क्रान्ति तथा देशको समग्र कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्याउने उद्देश्यले सफल व्यावसायिक व्यक्तिहरूको लगानीमा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिबाट व्यावसायिक रुपमा गोब्रे च्याऊ उत्पादन गर्न विसं २०७१ मा इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेडको नाममा कम्पनी स्थापना भएको हो ।

    प्रकाशित मिति :श्रावण २४ २०८१ बिहिवार - १२:२९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij