Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

मेगा बैंकको एटीएम ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ

मेगा बैंकको एटीएम ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ


  • 5.6K
    Shares

    मेगा बैंकको एटीएम ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ
    images

    काठमाडौ । ठमेल ज्याठास्थित मेगा बैंकको एटीएम मशिन ह्याक गरी पैसा निकाल्न खोज्ने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

    विभिन्न बैंकको एटीएम बुथमा अस्वाभाविक रूपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको भन्ने विशेष सूचनाका आधारमा मंगलवार साँझ खटिएको प्रहरी टोलीले वाङ सियाओलोङ नाम गरेका २९ वर्षीय व्यक्तिलाई पक्राउ गरेको हो ।

    उनले एटीएम मशिनको किबोर्ड पिन ह्याक गरी नगद निकाल्न प्रयास गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिकलाई प्रहरीले बुधवार सार्वजनिक गरेको हो ।

    उनको साथबाट १० वटा चाबीको एक झुप्पा, १० वटा एटीएम कार्ड, एप्पलको म्याकबूक, चाइनिङ पासपोर्ट लगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।

    उनीमाथि बैंकिङ कसूरअन्तर्गत अनुसन्धान भइरहेको छ । नेपालमा एटीएम ह्याक गर्ने क्रममा पक्राउ परेका उनी पहिलो व्यक्ति भने होइनन् । यसअघि पनि चिनियाँ नगरिकको एक टोली नै एटीएम ह्याक गरी पैसा निकालेको अभियोगमा पक्राउ परिसकेको छ ।

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १४:२२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij