Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नेपालमा प्रवेश गरेको तुवाँलोले झन् खतरा निम्त्याउन सक्ने

नेपालमा प्रवेश गरेको तुवाँलोले झन् खतरा निम्त्याउन सक्ने


  • 5.5K
    Shares

    नेपालमा प्रवेश गरेको तुवाँलोले झन् खतरा निम्त्याउन सक्ने
    images

    काठमाण्डौं । नेपालको वायुमण्डलमा बुधबार केही सुधारका साथ काठमाडौंलगायतका उपत्यकासहित केही ठाउँमा ‘भिजिबिलिटी’ बढे पनि तुवाँलो झन् बढ्ने खतरा रहेको मौसमविद्हरुले बताएका छन् ।

    मौसमविद्हरुका अनुसार बुधबार देशभर मौसममका केही सुधार देखिए पनि भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेकाले थप असर पर्नेछ । भारतबाट प्रवेश गरेको धुलो मिसिएको हावा देशको पश्चिमी र पूर्वी क्षेत्रमा देखिएको र बिहीबारफेरि देशभर तुवाँलो बढ्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

    बुधबार भिजिबिलिटी बढेसँगै हवाई उडान–अवतरणमा सहज भएको तर, बिहीबार वायुमण्डल पूरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

    अहिले पूर्वमा इलाम र रौतहटसम्म तुवाँलो बढिरहेको छ । बिस्तारै फैलिँदै गएको तुवाँलो देशका अरु ठाउँमा पनि सर्दै जाने र यसको असर बिहीबार देखिने मौसमविद्हरुको भनाइ छ ।

    पानी परे वा हावा चले प्रदूषण हट्ने भए पनि शनिबारसम्म पानी पर्ने सम्भावना नरहेको मौसविद बताउछन् । तल्लो वायुमण्डल र जमिनको सतह नजिक फेरि धुलोसहित प्रदूषण थुप्रिने सम्भावना तीन दिनसम्म रहेको मौसविद्ले बताएका छन् ।

    बुधबार प्रदेश १, वाग्मती र गण्डकी तथा लुम्बिनी प्रदेशका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

     

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १२:२९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij