२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा बैंकले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष २०७९÷८० को सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २९.९० प्रतिशत बढेको छ।
यस अवधिमा बैंकले १६ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।अघिल्लो आवको सोही अवधीमा बैंकले १७ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।
यस्तै, गत आवमा २ अर्ब ६७ खुद फि तथा कमिशन आम्दानी गरेको यस बैंकले
अघिल्लो आवमा २ अर्ब ६ करोड रुपैयाँ खुद फि तथा कमिशन आम्दानी गरेको थियो ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८.२५ प्रतिशत घटेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ७४ करोड पुगेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा ३ दशमलव १५ प्रतिशतबाट बढेर ४ दशमलव ३७ प्रतिशत पुगेको छ। ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित रहेको छ ।
यस अवधिमा बैंकको निक्षेप १४.३४ प्रतिशत बढेको छ । कर्जा लगानी ४.२३ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६ पैसा घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij