Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चट्याङले क्षति भएको टावर मर्मत नहुँदा दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध

चट्याङले क्षति भएको टावर मर्मत नहुँदा दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध


  • 5.2K
    Shares

    चट्याङले क्षति भएको टावर मर्मत नहुँदा दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध
    images

    डोल्पा । दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित भएका छन् ।

    जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा  रहेको  नमस्ते  मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो ।

    टावर मर्मतका लागि नेपाल  टेलिकम  क्षेत्रीय कार्यालय नेपालगञ्जलाई जानकारी गराएको भए पनि हालसम्म मर्मत हुन नसकेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।  

    नेपाल टेलिकम क्षेत्रीय कार्यालयका उपनिर्देशक शिव खनालले मर्मतका लागि टोली पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

    यसका साथै उक्त स्थान भन्दामाथि लेकमा रेडियो  लिङ्कबाट  मोबाइल  र  टेलिफोन  सञ्चालनका  लागि  रेडियो  लिङ्क  जडान  कार्य  पनि  भइरहेकाले  मर्मत  गर्न  ढिलो  भएको क्षेत्रीय उपनिर्देशक खनालले बताउनुभयो । रासस

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - ११:५०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij