Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

घरभाडामा लिएर अनैतिक क्रियाकलाप सञ्चालन, दुई महिला पक्राउ

घरभाडामा लिएर अनैतिक क्रियाकलाप सञ्चालन, दुई महिला पक्राउ


  • 5.2K
    Shares

    घरभाडामा लिएर अनैतिक क्रियाकलाप सञ्चालन,  दुई महिला पक्राउ
    images

    झापा ।  दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेका छन् । 

    उनीहरुलाई दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

    सोही घरबाट आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    दुई महिलालाई यही चैत १५ गते प्रहरी पक्राउ गरेको थियो । पक्राउ परेका दुवै महिलालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो । रासस

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - ११:४५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij