Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

भर्चुअल जब फेयरको दोस्रो संस्करण सुरू

भर्चुअल जब फेयरको दोस्रो संस्करण सुरू


  • 5.2K
    Shares

    भर्चुअल जब फेयरको दोस्रो संस्करण सुरू
    images

    काठमाडौं । बुधबार (आज)देखि दोस्रो संस्करणको ‘भर्चुअल जब फेयर’ सुरु भएको छ । आस्कमी म्यानेजमेन्टले यही मार्च ३१ देखि अप्रिल २, २०२१ सम्म अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरू गरेको हो ।

    कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बजार बिस्तार गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने आस्कमी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीले बताइन्।

    ‘हामीले पहिलो पटक २०२० मा यो कन्सेप्ट ल्याउँदा नेपालको लागि नयाँ थियो। पहिलो वर्षनै ४० भन्दा बढि कम्पनीले विश्वास गरेका कारण नै हामी पूर्ण सफलताका साथ पहिलो संस्करणको भर्चुअल जब फेयर सञ्चालन गरेका थियौं,’ कुँवरले भनिन्, ‘यस पटक पनि ५० भन्दा बढी कम्पनीमा "जब" दिलाउने लक्ष्यका साथ दोस्रो संस्करणको जब फेयर आयोजना गरिएको हो।’

    फिचर रिक्रुएटरका रुपमा जब दिलाउनका लागि फेयरमा नबिल बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैंक, एनआईसी एशिया बैंक, जावलाखेल ग्रुप, एसबी वेब, एनएमबि बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, अग्नी ग्रुपले सहभागिता जनाउँदै छन् ।

    त्यसै गरि सांग्रिला डेभलपमेण्ट बैंक, रिलायबल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, आईएमई पे, नेको इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, आस्कमी पसल लगायतका कम्पनीहरु रोजगारदाताका रुपमा जब फेयरमा सहभागि हुँदै छन् ।

    फेयरमा सहभागि हुन चाहने अन्य कम्पनीले अनलाइन स्टल राख्नका लागि आस्कमी कन्सल्ट डटकम स्लास इम्प्लोयर ड्यास जोनमा लगइन गर्नु पर्ने हुन्छ । यो पोर्टलबाट जब फेयरमा अनलाइन स्टल राख्न सकिन्छ।

    देशभरिका मानिसले एकै साथ यो प्ल्याटफर्ममा भिजिट गरि आवश्यक्ता अनुसारको रोजगारीका लागि मोबाईल वा कम्प्युटरबाटै आवेदन दिन सक्ने्छन्। कतिपय कम्पनीहरुले अनलाईन अन्तर्वार्ता लिएर पनि कर्मचारी नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ।

    साथै कर्मचारी भर्ना गर्ने कम्पनीले आफूले चाहेजस्तो कर्मचारी पाउने भएकाले पनि जब फेयर उपलब्धिमुलक हुने अपेक्षा गरिएको छ। यस प्ल्याटफर्ममा स्वदेश फर्कन चाहने तर बिदेशमा रहेका नेपालीले आफूलाई उपयुक्त रोजगारी पाउने उक्तम विकल्प समेत पाउनेछन्।

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - ११:४२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij