Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

भारतमा भेटिए महोत्तरीबाट बेपत्ता भएका ७ जना बालिका र किशोरी

भारतमा भेटिए महोत्तरीबाट बेपत्ता भएका ७ जना बालिका र किशोरी


  • 6.4K
    Shares

    भारतमा भेटिए महोत्तरीबाट बेपत्ता भएका ७ जना बालिका र किशोरी
    images

    काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट बेपत्ता भएका सातजना बालिका र किशोरी भारतीय शहरमा भेटिएका छन्।

    उनीहरु नेपाली सीमाभन्दा ५ किलोमिटर टाढा रहेको बिहार राज्यको सीतामढी जिल्लाको सुरशन गाउँमा भेटिएको भन्ने सूचना पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनाकारी दिए । उनीहरु फेला परेको ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गएको भट्टराईले बताए ।

    बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन्। उनीहरु मंगलबार दिउँसो १ बजे घाँस काट्न गएका थिए। साँझ अबेरसम्म घरमा नआएपछि खोजतलास सुरु भएको थियो।

    ‘मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई सीमावर्ती भारतीय जिल्ला सितामढीको सुरशन गाउँमा पुर्‍याएको आशंका छ, उनले भने,- यहाँबाट सुरक्षाकर्मीको टोली भारत गएको छ ।  सीमा नाकाबाट कसरी भारत पुगे भन्ने अनुसन्धान गरिरहेका छौं ।’ उनीहरुलाई भारतीय सुरक्षा निकायसँग समन्वय गरेर नेपाल फर्काउने तयारी भइरहेको पनि भट्टराईले बताए ।

     

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - ११:१३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij