Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

घाँस काट्न गएका सात किशोरी वेपत्ता, अपहरणमा परेको आशंका  

घाँस काट्न गएका सात किशोरी वेपत्ता, अपहरणमा परेको आशंका  


  • 5.0K
    Shares

    घाँस काट्न गएका सात किशोरी वेपत्ता, अपहरणमा परेको आशंका  
    images

    महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा मंगलबार घाँस काट्न गएका सात बालिका र किशोरीको अवस्था अझै अज्ञात छ । 

    धर्मपुरको दलित बस्तीका १० वर्षीया रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान र रचना पासवान एवं १८ वर्षीया नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन भएका हुन् ।

    उनीहरु अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ । हिजो दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तले  खोजी गरिरहे पनि हालसम्म सातै जनाको अवस्था अज्ञात छ । अहिलेसम्म कुनै सुराकी पाउन नसकिएकाले ललाइफकाइमा परेर उनीहरु अपहरणकारीको कब्जामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

    सम्पर्कविहीनको खोजीमा ठाउँ–ठाउँमा प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । सम्पर्कविहीन भएका सातमध्ये सिरहाको कर्जन्हा घर भई मावल आएकी रञ्जनाबाहेक सबै धर्मपुरवासी हुन् । 

    यता सात छोरीचेली एकैपटक हराएपछि धर्मपुरको दलित बस्तीमा रुवावासी मच्चिएको छ । हराइरहेकामध्ये अस्मिताले यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुन आवेदनसमेत दिएकी परिवारले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १०:३९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij