Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

घरको छतबाट खसेर नेपाल प्रहरीका भुतपूर्व हवल्दार ओझाको मृत्यु

घरको छतबाट खसेर नेपाल प्रहरीका भुतपूर्व हवल्दार ओझाको मृत्यु


  • 6.8K
    Shares

    • images
    घरको छतबाट खसेर नेपाल प्रहरीका भुतपूर्व हवल्दार  ओझाको  मृत्यु
    images

    कञ्चनपुर । कञ्चनपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    गएराति साढे १० बजेतिर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियामा आफ्नै घरको छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।

    छतबाट खसेर गम्भीर घाइते भएका ओझालाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको र उनको उपचारकै क्रममा राति सवा ११ बजे मृत्यु भएको प्रवक्ता थापाले जानकारी दिए । उनका अनुसार मृतक ओझा नेपाल प्रहरीका भुतपूर्व हवल्दार हुन् ।

     

    प्रकाशित मिति :मंसिर १४ २०७७ आइतवार - ११:०७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij