२०८२ भाद्र १० गते मंगलवार
भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोना भ्याक्सिन सहयोगस्वरूप दिएको छ । उक्त भ्याक्सिन मंगलबार एक कार्यक्रमबीच जंगी अड्डामा हस्तान्तरण गरिएको छ ।
भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले भिडिओ कम्फरेन्समार्फत् उक्त भ्याक्सिन प्रधानसेनापति पूर्णचन्द्र थापालाई ग्रहण गर्न अनुरोध गरेका थिए ।
त्यसपश्चात् नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले थापालाई भ्याक्सिन हस्तान्तरण गरेका थिए । भिडिओ कन्फरेन्समा नरवणेले मित्र राष्ट्रहरूलाई महामारीको समयमा सहयोग गर्ने सरकारको नीतिअनुसार भ्याक्सिन सहयोग गर्दा खुसी लागेको बताएका थिए ।
प्रत्युत्तरमा प्रधानसेनापति थापाले धन्यवाद ज्ञापन गर्दै प्राथमिकताका आधारमा सेनाका सकलदर्जा लाभान्वित हुने बताए । उनले सहयोगबाट दुई देशका सेनाबीच रहेको सम्बन्ध अझ प्रगाढ भएको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij