२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिलो पटक गत माघमा पुष्टि भएको बर्डफ्लु झन् फैलिन थालेको छ ।
तारकेश्वर हुँदै सुर्खेत र फेरि तारकेश्वरमै बर्डफ्लु पुष्टि हुँदा नियन्त्रणका लागि सघन निगरानी राखिएको पशु सेवा विभागले दाबी गरेको थियो ।
तर, त्यसपछि पनि बर्डफ्लु फैलिँदै गएको देखिन्छ । पछिल्लो समय ललितपुरस्थित नख्खुमा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जानकारी दिएको छ ।
नख्खुमा बर्डफ्लु पुष्टि भएपछि ५१६ हाँस, ८५४ स्थानीय कुखुरा र १५४ बट्टाई नष्ट गरिएको छ । त्यस्तै कुखुराको अण्डा र दानासमेत नष्ट गरिएको छ । विभागले विज्ञप्ति जारी गर्दै बर्डफ्लु नियन्त्रणका लागि सघन निगरानी बढाइएको समेत दाबी गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij