Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

छिमेकीमाथि चक्कु प्रहार गरेको अभियोगमा एक जना पक्राउ

छिमेकीमाथि चक्कु प्रहार गरेको अभियोगमा एक जना पक्राउ


  • 5.9K
    Shares

    छिमेकीमाथि चक्कु प्रहार गरेको अभियोगमा एक जना पक्राउ
    images

    धनुषा । धनुषामा चक्कु प्रहार गरि छिमेकीलाई घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    मिथिला नगरपालिका-८ कुसुम बिछौना बस्ने २९ वर्षीय रोशन महतोलाई धारिलो हतियार चक्कु प्रहार गरि घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय प्रमोद कुमार महतोलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    होली खेल्ने विषयमा विवाद हुँदा अचानक चक्कु प्रहार गरि गम्भीर घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बडहरी र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने प्रमोदलाई पक्राउ गरेको हो ।

    घाइते रोशनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १४:१७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij