२०८२ भाद्र २५ गते बुधवार
कञ्चनपुर । आज (मंगलबार) एकै दिन वेदकोट र कृष्णपुर नगरपालिकाका दुई जना मृत फेला परेका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार वेदकोट नगरपालिका-१ चम्फापुरका अन्दाजी २८ वर्षीय नरेश सार्कीले राधा नदी किनाराको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
अर्का कृष्णपुर नगरपालिका-९ रैकबारका अन्दाजी ७२ वर्षीय केशर राना समेत घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
दुवै जनाको शव परिक्षणका लागि महाकाली अस्पताल पठाइएको छ । मृतक मध्येका नरेश सार्की महाकाली अस्पतालमा कार्यालय सहयोगीका रुपमा कार्यरत रहेको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij