Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

असार मसान्तसम्ममा निफ्राले कमायो १ अर्ब ३३ करोड नाफा, अन्य सूचक कस्तो ? 

असार मसान्तसम्ममा निफ्राले कमायो १ अर्ब ३३ करोड नाफा, अन्य सूचक कस्तो ? 


  • 1.9K
    Shares

    असार मसान्तसम्ममा निफ्राले कमायो १ अर्ब ३३ करोड नाफा, अन्य सूचक कस्तो ? 

    काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले अर्थात निफ्राको नाफा घटेको छ । निफ्राले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको हो । 

    गत आर्थिक वर्ष ०८०/८१ को असार मसान्तसम्ममा बैंकले १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिसम्ममा बैंकको यस्तो नाफा १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ थियो।

    यता, नाफा घटेसँगै बैंकको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै बैंकको खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ५४.२६ प्रतिशत घटेको छ।

    त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ६.८६ प्रतिशत र सञ्चालन मुनाफा ५.८७ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ २७ पैसा रहेको छ।

    २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो १ वर्षमा बैंकको निक्षेप ६.९३ प्रतिशत घटेको छ भने कर्जा ४ प्रतिशतले बढेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३९ पैसा घटेर ६ रुपैयाँ १६ पैसामा झरेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ३७.०१ गुणा रहेको छ।

    प्रकाशित मिति :श्रावण ७ २०८१ सोमवार - ०८:३९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij