Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मुक्तिनाथ विकास बैंकले सुरु गर्याे अन्तराष्ट्रिय क्यआर भुक्तानी

मुक्तिनाथ विकास बैंकले सुरु गर्याे अन्तराष्ट्रिय क्यआर भुक्तानी


  • 1.9K
    Shares

    मुक्तिनाथ विकास बैंकले सुरु गर्याे अन्तराष्ट्रिय क्यआर भुक्तानी

    काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुचारु गरेको छ । बैंकले फोन पेसँगको सहकार्यमा यो सेवा सुरु गरेको हो ।

    यो सेवा सुचारु पश्चात भारतिय ग्राहकहरुले भिम र फोन पेलगायतका भारतिय भुक्तानी सेवा प्रदायकको माध्यमबाट मुक्तिनाथ बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ ।

    यस प्रकारको सेवाहरुले भारतिय पर्यटकलाई नगद बोक्ने झनझट नभई नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।

    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट रकम झिक्न विशेष छुटको व्यवस्था गरेको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ४ २०८१ शुक्रवार - १७:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij