२०८२ भाद्र २५ गते बुधवार
मोरङ । मोरङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका-६ मा जंगली हात्तीले आक्रमण गर्दा सोमबार राति थामीझोडाका ५० वर्षीय यामबहादुर बोहराको मृत्यु भएको हो ।
राति १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरेर घर फर्केन क्रममा जंगलबाट आएका तीन वटा जंगली हात्तीले उनलाई कुल्चेका थिए ।
गम्भीर घाइते भएका बोहराको उपचारको लागि लैजाँदै गर्दा राति ११ बजे बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij