Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सानिमा बैंकद्वारा सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण


  • 2.4K
    Shares

    सानिमा बैंकद्वारा सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
    images

    काठमाडौँ । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । 

    सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट मार्केटिङ अधिकृत अन्जन कर्मचार्यले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । 

    दुर्घटनाका कारण मृत्यु भएका श्री दिनेश कार्कीले सानिमा बैंकको हेटौँडा शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए । 

    सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, १० हजार रुपैयाँसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम संचालनमा रहेका छन् । 

    प्रकाशित मिति :श्रावण २ २०८१ बुधवार - १८:००:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij