Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

मेलम्चीको पानी सबै धारामा पुर्‍याउन सात महिना लाग्ने

मेलम्चीको पानी सबै धारामा पुर्‍याउन सात महिना लाग्ने


  • 4.5K
    Shares

    मेलम्चीको पानी सबै धारामा पुर्‍याउन सात महिना लाग्ने
    images

    उपत्यकामा वितरण थालिएको मेलम्चीको पानी नयाँ प्रणालीअनुसार सबै धारामा पुर्‍याउन सात महिना लाग्ने भएको छ । लामो प्रतीक्षापछि आइतबारबाट मेलम्चीको पानी उपत्यकामा वितरण थालिएपछि स्थानीय उत्साहित छन्। पानी वितरण भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै प्रणालीबाट भइरहेको छ ।

    केही स्थानमा परीक्षणका रूपमा मात्र नयाँ प्रणालीबाट मात्र वितरण भइरहेको छ । अनामनगर क्षेत्रमा पहिलो दिन नयाँ प्रणालीबाट ५ सय २२ घरमा चौबीसै घण्टा पानी दिइएको मेलम्ची उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठ बताउँछन्।

    सोमबार बबरमहलदेखि उत्तर र पुरातत्त्व विभागको दक्षिणतर्फको धोबीखोलासम्म २ सय घरमा चौबीसै घण्टा आउने गरी पानी छाडिएको थियो। पानी आएपछि उत्साहित स्थानीय कतै पाइप लिकेज देखिए तिनको मर्मतसम्भारमा जुटेको उनको भनाइ छ ।

    अहिले २ सय २० किमि क्षेत्रको पाइपमा परीक्षणको काम भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - ०७:५६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij