Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

साउनको लागि ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर

साउनको लागि ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर


  • 2.2K
    Shares

    साउनको लागि ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर

    काठमाडौँ । ग्लोबल आइएमई बैंकले ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो ।

    बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने १ प्रतिशत बढी ब्याज दिनेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र ब्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज तोकेको थियो ।

    साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचतका सबै खातामा ३.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ४.०५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

    प्रकाशित मिति :आषाढ ३१ २०८१ सोमवार - ०८:५८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij