Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

साउनका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?

साउनका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?


  • 2.5K
    Shares

    साउनका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?

    काठमाडौँ । साउन महिनाको लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार साउन महिनाको लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएका हुन् । 

    कुन बैंकको कति ?

    साउनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ०.१३ प्रतिशत घटेर व्यक्तिगततर्फ ६.६७ प्रतिशत र संस्थागततर्फ ०.१८८ प्रतिशत घटेर ५.४३ प्रतिशत कायम भएको छ । तर, यस अवधिमा कृषि विकास बैंक र एभरेष्ट बैंकले भने ब्याजदर बढाएका छन् । कृषि विकासले ०.६३२४ प्रतिशत र एभरेष्टले ०.५५ प्रतिशत ब्याजदर बढाएका हुन् ।

    नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नबिल बैंकले असारको ब्याजदरलाई साउनमा पनि यथावत राखेका छन् । स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ, कृषि विकासले संस्थागततर्फको ब्याजदर स्थिर राखेका छन् ।

    कृषि विकास बैंकले व्यक्तिगततर्फको ब्याजदर बढाएर ६.२९९५ प्रतिशत र संस्थागततर्फ ४.५१ प्रतिशत  प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत ब्याज तोकेको थियो ।

    ग्लोबल आइएमई बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।  यसअघि असारमा बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र ब्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज तोकेको थियो ।

    प्रभु बैंकले संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछन् । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.५ प्रतिशत र ब्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याज तोकेको थियो ।

    सानिमा बैंकले संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.८० प्रतिशत र ब्यक्तिगततर्फ ६.८० प्रतिशत ब्याज तोकेको थियो ।

    नेपाल बैंकले संस्थागततर्फ ४.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र ब्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज तोकेको थियो ।

    सिटिजन्स बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.९० प्रतिशत र ब्यक्तिगततर्फ ६.९० प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.९० प्रतिशत प्रदान गरेको थियो ।

    राष्ट्रिय वाणिज्य बैंकले संस्थागततर्फ ५ प्रतिशत र व्यक्तिगततर्फ ६.२१ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.२० प्रतिशत र ब्यक्तिगततर्फ ६.२२ प्रतिशत ब्याज तोकेको थियो ।

    एभरेष्ट बैंकले संस्थागततर्फ ५.३० प्रतिशत र व्यक्तिगततर्फ ६.३० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याज तोकेको थियो ।

    नेपाल एसबीआई बैंकले असारको ब्याजदरलाई यथावत राखेको छ । बैंकले साउनमा संस्थागततर्फ ५.३० प्रतिशत र व्यक्तिगततर्फ ६.३० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ ।

    लक्ष्मी सनराइज बैंकले असारको ब्याजदरलाई यथावत राखेको छ । बैंकले साउनमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको छ ।

    माछापुच्छ्रे बैंकले संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याज तोकेको थियो ।

    एनएमबी बैंकले संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.६६ प्रतिशत र व्यक्तिगततर्फ ७.६९ प्रतिशत ब्याज तोकेको थियो ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ५ प्रतिशत ब्याज तोकेको थियो ।

    हिमालयन बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ८.२५ प्रतिशत ब्याज तोकेको थियो ।

    कुमारी बैंकले संस्थागततर्फ ५.५६ प्रतिशत र व्यक्तिगततर्फ ६.२१ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.६१ प्रतिशत र व्यक्तिगततर्फ ६.७६ प्रतिशत ब्याज तोकेको थियो ।

    प्राइम बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.७५ प्रतिशत र व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याज तोकेको थियो ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

    सिद्धार्थ बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.७५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज तोकेको थियो ।

    एनआईसी एशिया बैंकले संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.६९ प्रतिशत र व्यक्तिगततर्फ ७.६९ प्रतिशत ब्याज तोकेको थियो ।

    प्रकाशित मिति :आषाढ ३१ २०८१ सोमवार - ०८:२८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij