Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

भाइरल रोगबाट विद्यार्थी सङ्क्रमित

भाइरल रोगबाट विद्यार्थी सङ्क्रमित


  • 5.0K
    Shares

    भाइरल रोगबाट विद्यार्थी सङ्क्रमित
    images

    बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीस्थित धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी चार दिनदेखि भाइरल रोगका कारण  बिरामी पर्न थालेका छन् ।

    विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक महासिं थापाले बताउनुभयो । विद्यालयमा अध्ययनरत एक सय बढी विद्यार्थी तीन दिनयता बिरामी परेका छन् । विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुरालसैन माविका शिक्षक सुरेन्द्र रौलेले राससलाई जानकारी दिनुभयो । 

    दैनिक २० भन्दा बढी बिरामी हुने गरेको विद्यालयका प्रधानाध्यापक थापाले बताउनुभयो । धेरै विद्यार्थी बिरामी भएकाले विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

    विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुँदै गएको छ । शनिबार र आइतबार सार्वजनिक बिदामा केही विद्यार्थी गाउँमै बिरामी परेका र आज विद्यालय खुलेपछि पनि केही विद्यार्थी बिरामी पर्न थालेका शिक्षक रौलेको भनाइ छ । आज मात्र कक्षा ७ का एकैपटक १० विद्यार्थी बिरामी परेका छन् ।

    नगरपालिकाबाट स्वास्थ्यकर्मीको टोली विद्यालयमा गई उपचारमा खटिएको  छ । विद्यार्थी बिरामी भएको जानकारी आएपछि स्वास्थ्यकर्मीको टोली औषधिसहित विद्यालयमा पठाइएको नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले बताउनुभयो । विद्यार्थीमा रुघाखोकी, टाउको दुख्ने, पेट दुख्ने, ज्वरो आउन, वाकवाकी लाग्ने लक्षण देखा परेको विद्यालयले जनाएको छ । रासस

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १५:५७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij